
साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।
आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको अन्तिम दिन छापालाव सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।