
काठमाडौं ६ जेठ– प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टी पराजयको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा हुने भएको छ ।
केन्द्रीय समितिको निर्णय बमोजिम जिल्ला कार्यसमितिका सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा आयोजना गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसका ७ युवा केन्द्रीय सदस्यले जिल्ला सभापतिको भेला र महासमिति बैठक बोलाउन माग गरेका थिए ।