२२ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीमा सिन्डिकेट : स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएका मेडिकल व्यवसायी पक्राउ !

वैदेशिक रोजगारीमा सिन्डिकेट :  स्वास्थ्य परीक्षणमा एकाधिकार जमाएका मेडिकल व्यवसायी पक्राउ !

काठमाडाैं, ६ जेठ– मलेसिया जानेको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लगाउन खोज्ने मेडिकल व्यवसायीहरू पक्राउ परेका छन् । आज करिब २० जना पक्राउ परे पनि एक जनाको मात्र परिचय खुल्न आएको छ । काठमाडाैंकाे गाैरीधारामा ‘वान स्टप सेन्टर’ नामको स्वास्थ्य परीक्षण केन्द्र चलाउने राम प्रसाद श्रेष्ठ पक्राउ परेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जानको लागि जुनसुकै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गरेपछि स्वास्थ्य व्यवसायीले बायोमेट्रिक परीक्षण बन्द गरेर आन्दोलनमा उत्रिएको घोषणा गरेका थिए ।

श्रममन्त्री गोकर्ण बिष्टले सिन्डिकेटको कुनै पनि स्वरूप आफूले स्वीकार गर्न नसक्ने बताउँदै आएका थिए । श्रम मन्त्रालयले गृहमन्त्रालयसँगको समन्वयमा सिन्डिकेट पक्षधरहरूलाई पक्राउ गरेर मुद्दा हाल्ने तयारी गरेको मन्त्रालय सम्बद्ध श्रोतले लोकान्तरलाई बताएको छ ।  

बिचौलीयाको चलखेल र सरकारी उदासिनताका कारण मलेसिया जानेहरूको स्वास्थ्य परीक्षण खर्च उल्लेख्य रुपमा वृद्धि हुँदै प्रवेशाज्ञा प्रक्रियाका लागि अहिले रु १३ हजार ४०० र स्वास्थ्य परीक्षणका लागि रु ४ हजार ५०० रूपैयाँ पुगेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्