
काठमाडौं, ६ जेठ– आईपीएल क्रिकेटमा नेपाली बलर सन्दिप लामिछानेले तीन विकेट लिएका छन् ।
मुम्बईविरुद्धको खेलमा दिल्ली डेयर डेभिल्सबाट आईपीएल खेलेका सन्दीपले ३ विकेट लिएका हुन् । ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिए ।
पहिलो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरे भने १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमै किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरे ।
त्यसपछिका ओभरमा भने उनले विकेट लिन सकेनन् ।
योसँगै दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले गराएको छ ।