०१ असार २०८३, सोमबार

३३ किलो सुनकाण्ड : सरकारले विशेष अनुसन्धान टोलीको म्याद थप्यो

३३ किलो सुनकाण्ड : सरकारले विशेष अनुसन्धान टोलीको म्याद थप्यो

काठमाडौं, ६ जेठ– सरकारले ३३ किलो सुन तस्करीबारे अनुसन्धान गर्न गठन भएको विशेष अनुसन्धान टोलीको म्याद थप गरेको छ।  
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अनुसन्धान टोलीको म्याद जेठ मसान्तसम्मको लागि थप गर्ने निर्णय  गरेको हो । 
 समितिलाई ३३ किलो सुन प्रकरणमा छानबिनका साथै आवश्यक प्रमाण जुटाई दोषीमाथि कारबाही गर्ने जिम्मेवारी दिइएको छ ।
३३ किलो सुन गायब र सनम शाक्य हत्यापछि सरकारले उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो । 
समितिको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले नेपाल प्रहरीका ९ अधिकारी र तस्करका मुख्य नाइके भनिएका चूडामणि उप्रेति गोरे समूहका गरी ६३ जनाविरुद्ध  मुद्दा दायर भइसकेको छ । 
मुद्दा अहिले पनि अदालतमा  चलिरहेको छ । अनुसन्धान टोलीले तस्करीका विषयमा अनेकन  विषय बाहिर ल्याउन बाँकी रहेकाले म्याद थप गरिएको बताइएको छ । 

सम्पत्ति विवरण सार्वजनिक गरिने 
यसैबीच मन्त्रिपरिषद्को बैठकले  मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । 
यस्तै बीमा संस्थानको प्रशासकमा  कविप्रसाद पाठक झापालाई नियुक्त  गर्ने निर्णय भएको पनि बास्कोटाले जानकारी गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्