२२ जेठ २०८३, शुक्रबार

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

जेठ ७, २०७५
पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

कास्की, ७ जेठ- अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा संलग्न  ६ जनालई जन्मकैदको फैसला गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । 

न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आइतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप गुरुङ, प्रकाश गुरुङ, र विश्वास गौतमलाई जन्मकैदको फैसला गरेको हो । 

२०७२ साउच २८ मा पोखरा महानगरपालिकाको लामेआहालबाट गगनगौंडा आउने क्रममा उनको हत्या भएको थियो । 

दोषी ठहर भएका ६ जना नै कांग्रेसका कार्यकर्ता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्