२२ जेठ २०८३, शुक्रबार

आईपीएलमा सन्दीपको सनसनी, मुम्बई बाहिरियो

जेठ ७, २०७५
आईपीएलमा सन्दीपको सनसनी, मुम्बई बाहिरियो

काठमाडौँ, ७ जेठ -एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्।
आजको नेपाल समाचारपत्र लेख्छ-आफ्नो तेस्रो तथा अन्तिम म्याच खेल्ने क्रममा दिल्ली डियरडेभिल्सका तर्फबाट चामत्कारिक प्रदर्शन गर्दै उनले ३ विकेट लिएका हुन्। आइतबार भएको खेलको पहिलो ओभरमै सफलता हात पारेका उनले त्यसपछि नवौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै थप २ विकेट लिएका थिए।

मुम्बई इन्डियन्सविरुद्ध दिल्ली डेयरडेभिल्सका मुख्य बलरको भूमिका निर्वाह गर्ने क्रममा पहिलो ओभर बलिङ गर्दै उनले १३ रन खर्चिएर प्रारम्भिक ब्याटस्म्यान सूर्यकुमार यादवलाई चौथो बलमा आउट गरेका थिए। पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सूर्यकुमार यादवको विकेट लिन सफल भए।

नवौं ओभरको पहिलो बलमा नै उनले किरन पोलार्डको विकेट लिएका थिए। त्यसपछि क्रिजमा आएका कुणाल पाण्डेयलाई उनले ओभरको चौथो बलमा आउट गरेका थिए। सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। दिल्लीका लागि रिसव पन्तले ४४ बल खेल्दा समान ४ चौका र छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए। 

salt training

कमेन्ट गर्नुहोस्