३१ जेठ २०८३, आइतबार

यहाँ रेस्टुराँको बिलमा छुट चाहनुहुन्छ भने ‘मर्नुपर्छ’

यहाँ रेस्टुराँको बिलमा छुट चाहनुहुन्छ भने ‘मर्नुपर्छ’

काठमाडौं, ७ जेठ – थाइल्यान्डको डेथ क्याफे नामक रेस्टुराँमा स्टाफले छुटको कुरा झिक्नेबित्तिकै ग्राहकहरू झसंग हुने गरेका छन् । 

बिलमा छुट पाउनका लागि तख्तामा तीन मिनेटसम्म मृत्युसँग संघर्ष गर्ने शर्त रेस्टुराँले राखेकाले ग्राहकहरू झसंग हुने गरेका हुन् ।

बैंककस्थित सेन्ट जोन्स विश्वविद्यालयमा बौद्ध धर्म तथा निर्वाणमा अनुसन्धान गरिरहेका सहायक प्राध्यापक वीरानुत रोजनप्रपाको दिमागको उपज हो यो । यसको उद्देश्य मानिसलाई मृत्युको अनुभव दिलाएर उनीहरूमा लोभ, मोह र स्वार्थको भावना अन्त्य गर्नु हो ।

वीरानुतका अनुसार, डेथ क्याफेमा हरेक टेबलमुनि काठको तख्ता बनाइएको छ । बिल पेश गर्दा कुनै ग्राहकले १० प्रतिशत छुट मागेमा एउटा बटन थिच्नेबित्तिकै तख्ता बाहिर निस्कन्छ । ग्राहकलाई जुत्ता खोलेर तख्तामा पल्टिन
लगाइन्छ । त्यसपछि तख्ताको ढोका तीन मिनेटका लागि बन्द हुन्छ । भित्र उज्यालो र हावा केही पनि हुँदैन । 

व्यक्तिलाई सास थुनिएको जस्तो लाग्छ । जिन्दगीमा केही पनि बाँकी छैन जस्तो उसलाई लाग्छ । 

धेरै ग्राहक तख्तामा जाने हिम्मत गर्दैनन् । यसमा जान तयार भएका मानिस पसिना पसिना भएर काँप्दै निस्कन्छन् । 

केही ग्राहकलाई यति खतरनाक अनुभवका लागि १० प्रतिशत छुट थोरै भएको बताउँछन् । अनि रेस्टुराँले उनीहरूलाई मन पर्ने चकलेट वा केक सित्तैमा दिने अफर गर्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्