
काठमाडौं, ७ जेठ – वर्षौंदेखि वानप्लस स्मार्टफोनको मूल्य हार्डवेयरको अपग्रेड भएसँगै बढेको बढ्यै छ । आजबाट बजारमा आउने वानप्लस ६ लगायत फोनहरूले प्रतिस्पर्धीहरूलाई मूल्यका विषयमा टक्कर दिइरहेका हुन्छन् ।
तर चर्को मूल्यका कारण वानप्लसका प्रशंसकहरू फोन किन्न तर्सिएका छन् । वानप्लस ६ को मूल्य ६५ हजार रुपैयाँ छ र यो जोकोहीले किन्ने आँट गर्दैन । वानप्लस स्मार्टफोनले सस्तो मूल्यको फोन निकाले हुन्थ्यो भन्ने धेरैले इच्छा व्यक्त गरेको भएपनि कम्पनीलाई यसको मतलब छैन ।
वानप्लसका प्रोडक्ट म्यानेजर जाइमन कोपेकले कम्पनीका लागि सस्ता मोबाइलहरूबाट खासै फाइदा नभएको बताए । सस्तो फोन बनाउँदा राम्रो हार्डवेयर प्रयोग गरेर स्पेसिफिकेस मिलाउन गाह्रो हुने उनी बताउँछन् ।
सस्तो फोन बनाउनुभन्दा वानप्लसले बरू ट्याब्लेट, ड्रोन वा स्मार्टवाच बनाउने सोच बनाएको कोपेक बताउँछन् ।
एजेन्सी