०२ असार २०८३, मंगलबार

महिलालाई देखेपछि उडानकै क्रममा गरे हर्कत, विमानस्थलमा परे पक्राउ

महिलालाई देखेपछि उडानकै क्रममा गरे हर्कत, विमानस्थलमा परे पक्राउ

काठमाडौं, ७ जेठ – इस्तानबुलबाट दिल्ली आइरहेको विमानमा उडानकै क्रममा एक महिलालाई देखाउँदै हस्तमैथुन गरेको आरोपमा भारतीय मूलका एक व्यापारीलाई पक्राउ गरिएको छ । 

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरेपछि महिलाले सुरक्षा एजेन्सीहरूसँग ती यात्रुको बारेमा उजुरी गरिन् । त्यसपछि प्रहरीले उनलाई पक्रियो । 

आइतवार भएको यो घटनापछि आरोपितको पछिल्लो रेकर्ड अनुसन्धान गरिँदैछ । उनी ५८ वर्षीय गैरआवासीय भारतीय हुन् र आयात निर्यातको काम गर्छन् । उनीसँग रुसी नागरिकता छ । महिला बसेकै सीटनजिक बसेर उनले हस्तमैथुन गरेको आरोप छ । 

उसको अश्लील हर्कत देखेर महिला छक्क परिन् । उनले क्रू मेम्बरलाई पनि उसको हर्कतका बारेमा बताइन् तर उसले टेरेन । लगातार हस्तमैथुन गर्दै उसले अश्लील इशारा गरिरह्यो । 

तर विमानबाट ओर्लनेबित्तिकै उसलाई प्रहरीले समात्यो ।

नवभारत टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्