०३ असार २०८३, बुधबार

किसानलाई आत्मनिर्भर बनाउन चार टन बीउ वितरण

किसानलाई आत्मनिर्भर बनाउन चार टन बीउ वितरण

विराटनगर, ७ जेठ -  रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ । 

कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको हो । 

ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालीम दिएपछि बीउ वितरण गरिएको हो । नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत काशी चैधरीका अनुसार रु दुई लाख ८० हजार मूल्य बराबरको उक्त बीउ जनकपुरबाट खरीद गरी किसानलाई वितरण गरिएको हो । 

ओलको तरकारी स्वास्थ्यका लागि राम्रो तथा व्यवसायका लागि फलदायी मानिन्छ । रङगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाका अनुसार नगरपालिकाले चालु आवमा कृषितर्फ रु ६९ लाख बजेट छुट्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्