२२ जेठ २०८३, शुक्रबार

ओली सरकारले ‘थिंक ट्यांक’ बनाउने

ओली सरकारले ‘थिंक ट्यांक’ बनाउने

काठमाडौं, ७ जेठ– सरकारले विज्ञहरु सम्मिलित गरेर थिंक ट्यांक गठन गर्ने भएको छ । 

आर्थिक वर्ष ०७५/७६मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विभिन्न पक्षको सुधारका लागि विज्ञहरु सम्मिलित थिंक ट्याक गठन गर्ने बताइन् । 

‘विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध लगायतका विभिद पक्षामा सुधार दिनका लागि विज्ञहरु सम्मिलित थिंक ट्यांकको गठन गरिनेछ’ राष्ट्रपति भण्डारीले भनिन् । 

सरकारले लोकप्रियताको लागि काम नगर्ने भन्दै नीति तथा कार्यक्रममा जनताको लागि काम गरेर लोकप्रियता हासिल गर्ने उल्लेख गरिएको छ । 

लोकतन्त्र मासिएला र अधिनायकबादा आउँला भन्ने आधारहिन अपेक्षाको कुनै अर्थ नरहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सरकारले शान्ति सुरक्षा सर्वोपरी महत्वमा राख्ने उल्लेख गरिएको छ । 

संवृद्धि नेपालका लागि मृगतृष्णा मात्र हुन नसक्ने भन्दै  शान्ति र स्थायीत्वलाई सरकारले गम्भीरताका साथ ध्यान दिने उल्लेख गरिएको छ । 
 
जनताका जायज मागहरुलाई सुन्ने र पुरा गर्ने काम हुने उल्लेख गरिएको छ ।

सबै अंग  संरचना र अंगहरु जनतालाई समृद्ध बनाउन सरकार दृण संकल्पित रहेको उल्लेख गरिएको छ । 

सगरमाथाको उचाइ र गौतमबुद्धको शान्तिको ज्योतीबाट विश्वमा परिचित नेपाललाई संवृद्ध बनाउने राष्ट्रिय संकल्प सरकारले लिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्