
- नविन अर्याल
डेनमार्क, ७ जेठ - नेपाली राजदूताबास, गैर आवासीय संघ डनेमार्क, नेप्लिज साइन्टिफिक प्यानल र नेपाल साइन्स फाउण्डेसनको संयुक्त पहलमा कोपनहेगनमा पहिलो पटक Innovation and Knowledge मा नेपाली अनुसन्धानकर्ताको सम्मेलन सम्पन्न भएको छ ।
नेपालको समुन्नत विकासका लागि रेमिटान्स मात्र नभएर विदेशमा सिकेको सीप र ज्ञानको पनि उत्तिनै महत्वपूर्ण स्थान रहेको हुन्छ । युरोपको स्क्याण्डीभियनमा क्षेत्रमा रहेका नेपाली सीप र ज्ञानको नेपालमा विस्तारको लागि अनुसन्धानकर्ताहरू एकजुट हुनुपर्नेमा डा. शैलेस मल्लले जोड दिए ।
आयोजककै तर्फबाट गैर आवासीय संघले टेक्नोलोजी विस्तारका लागि विशेष महत्त्व दिँदै आगामी दिनहरूमा नेपालमा यस्ता सम्मेलन गरिने जानकारी एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुवेदीले दिए । त्यस्तै डेनमार्कका लागि नेपाल राजदूत युवनाथ लम्सालले दूतावासको तर्फबाट शुभकामना दिँदै प्रविधि विस्तारका लागि विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
मूलत: Technology waste and energy, Agriculture, Innovation and social science and development केन्द्रित, डा रवि कुमार छेत्री, डा. प्रभात खनाल, डा. नविन, अर्याल, रुपा मुनाकर्मी र रेवतकुमार ढकालले गरेका थिए । स्थापितरूपमा डेनमार्कमा विकास भएका प्रविधिहरू मूलतः, वातावरणीय, प्रविधि, फोहोर व्यवस्थापन, ऊर्जा र कृषि प्रविधिको नेपालमा विस्तार गरी समृद्ध नेपालको निर्माण गर्न सकिने छ ।
सम्मेलनमा प्रस्तुत भएका सोधपत्रहरू चाडैनै प्रकाशित गरी तत्काल कार्यान्वयनतर्फ उन्मुख हुने अयोजनकहरूले विश्वास लिएका छन् ।