×

NMB BANK
NIC ASIA

विश्वकप पूर्वसमीक्षा

मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?

जेठ ८, २०७५

NTC
Photo : bbc.com
Premier Steels

काठमाडौं, ८ जेठ - लियोनल मेसी, सर्जियो एग्युरो, गोञ्जालो हिगुइन र पाउलो ड्यबला, विश्व फूटबलका चर्चित यी ४ स्ट्राइकर अर्जेन्टिनाका लागि विश्वकप खेल्ने प्रारम्भिक टोलीमा छन् । अझै इटालियन सिरीएका जोइन्ट टप स्कोरर माउरो इकार्दी टीममै परेनन् ।

Muktinath Bank

फ्रन्टलाइन हेर्ने हो भने यस्तो लाग्छ- साबिकको उपविजेता अर्जेन्टिना नै रुस विश्वकपको सबैभन्दा अब्बल टीम हो । तर वास्तविकता त्यस्तो छैन । एउटा टीम अब्बल ठहरिन अग्रपंक्तिसँगै मध्य र रक्षापंक्तिको पनि उत्तिकै भूमिका हुन्छ, यी दुई विभागमा अर्जेन्टिना तुलनात्मक रूपमा कमजोर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूटबल पण्डितहरूले भनेका छन्, यसपटक अर्जेन्टिनाको टीम मेसीकै भरमा छ । उनकै प्रदर्शनले धेरै हदसम्म अर्जेन्टिनाको भविष्य निर्क्यौल गर्नेछ । हालसम्म देशका लागि ठूलो उपाधि नजितेको भनेर आलोचना बेहोर्दै आएका मेसीका लागि पनि विश्वकप जित्ने यो अन्तिम मौका हुनसक्छ ।


Advertisment
Nabil box
Kumari

मेसीका सहयात्रीहरू म्यान्चेस्टर सिटीका सर्वाधिक गोलकर्ता एग्युरो र युभेन्टसका हिगुइन तथा ड्यबला क्लबका लागि जति सफल छन्, देशका लागि उनीहरूको त्यो अनुसारको प्रदर्शन देखिएको छैन ।

Vianet communication

अझै ठूलो समस्या त के भने हिगुइन र ड्यबलाको खेल्ने शैली मेसी र एग्युरोभन्दा बिलकुल फरक छ । त्यसैले पनि यी ४ खेलाडीबीच तालमेलकै समस्या हुनसक्छ ।

कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेसीले विश्व फूटबलबाट संन्यासको घोषणा गरे । त्यसपछि अर्जेन्टिनाले विश्वकप छनोटका केही खेल मेसीविना खेल्यो । नतिजा यति खराब रह्यो कि मेसी फर्किएर पनि देशलाई विश्वकपमा पुर्‍याउन निकै कठीन मेहेनत गर्नुपर्‍यो । 

विश्वकप छनोटको अन्तिम खेलअघि पनि अर्जेन्टिनाले विश्वकप खेल्ने नखेल्ने निश्चित थिएन । तर सो खेलमा मेसीले ह्याट्रिक प्रहार गर्दै टीमका लागि रुसको टिकट पक्का गरे ।

पोस्टमा ठूलो चुनौती

यसपटक अर्जेन्टिनाका लागि सबैभन्दा ठूलो चुनौती गोलपोस्टमा छ । अर्जेन्टिनाको पोस्ट नियमित सम्हाल्दै आएका सर्जियो रोमेरोले करीब २ सिजन म्यान्चेस्टर युनाइटेडको बेञ्चमै गुजारे ।

युरोपेली फूटबलको गत ट्रान्सफर विन्डोअघि अर्जेन्टाइन प्रशिक्षक जर्ज साम्पाओलीले नियमित बेञ्चमा रहने हो भने विश्वकपमा स्थान बनाउन कठिन हुने चेतावनी रोमेरोलाई दिएका थिए । तर उनले युनाइटेडबाट बाहिरिन खासै पहल गरेनन् ।

प्रशिक्षकले चेतावनी त दिए, तर अर्जेन्टिनासँग रोमेरोको उचित विकल्प थिएन । आगामी विश्वकपमा सम्भवत: रोमेरोले नै अर्जेन्टाइन पोस्ट सम्हाल्दैछन् ।

विकल्पको रूपमा रहेका विली क्याबाएरो पनि केही वर्षयता नियमित बेञ्चमा छन् । उनी गत सिजन चेल्सी र त्यसअघि म्यान्चेस्टर सिटीको बेञ्चमा थिए । तेस्रो विकल्पका रूपमा घरेलु टीम रिभर प्लेटका फ्रान्सो अर्मानी टीममा परेका छन् । घरेलु लिगमा राम्रै प्रदर्शन गरे पनि विश्वकपमा प्रशिक्षकले उनीमाथि भरोसा गरिहाल्ने सम्भावना कम छ ।

औसत रक्षा र मध्यपंक्ति

अर्जेन्टिनाको मध्यपंक्ति निकै औसत छ । मध्यपंक्तिमा अलि बढी आशा गरिएका खेलाडी एञ्जल डी मारिया हुन् । तर उनको प्रदर्शनमा निरन्तरता छैन । कहिले औधी राम्रो खेल्छन्, कहिले निकै खराब ।

ह्याभियर मस्केरानो अर्का चर्चित नाम हुन् । बार्सिलोना छाडेर हाल चाइनिज लिग खेलिरहेका मस्केरानो उमेरका कारण पनि पहिलेजति सशक्त छैनन् ।

यस्तै सेभियाका एभर बनेगा, एसी मिलानका लुकास बिग्लिया, वेस्टह्यामका म्यानुअल लाञ्जिनी सुनिएका नाम हुन् । तर उनीहरूको प्रदर्शन औसतभन्दा माथि रहन सकेको छैन ।

मध्यपंक्ति हेर्दा अर्जेन्टिना विश्वकप जित्न सक्षम हुन्छ भन्न निकै कठिन छ ।

रक्षापंक्तिमा पनि टीम अब्बल छैन । इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटीका निकोलस ओटामेन्दीको प्रदर्शन गत सिजन निकै उत्कृष्ट रह्यो । ओटामेन्दीको पनि प्रदर्शनमा निरन्तरता छैन ।

बाँकी खेलाडी त औसत नै छन् । ओटामेन्दीका अलावा सेभियाका गाब्रियल मर्काडो, रोमाका फेड्रिको फाजियो, म्यान्चेस्टर युनाइटेडका मार्कोस रोजो अर्जेन्टिनाको रक्षापंक्तिमा रहेका चर्चित नाम हुन् ।

मेसीको टीम

गत समर विन्डोमा नेयमार कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएपछि बार्सिलोना निकै समस्यामा पर्नसक्ने विश्लेषण गरिएको थियो । बार्सिलोनाले उनको ठाउँमा तत्कालीन लिभरपूल (हाल बार्सिलोना)का फिलिपे कउटिन्होलाई भित्र्याउन निकै पहल गर्‍यो, तर तत्काल सम्भव भएन ।

विकल्पका रूपमा उस्मान डेम्बेलेलाई भित्र्यायो । उनी पनि घाइते भएर लामो समय मैदान बाहिर रहे । त्यसपछि प्रशिक्षक भालभर्डेले टीमलाई मेसीमै केन्द्रित गरे । परम्परागत ४-३-३ को फर्मेसन छाडेर बार्सिलोनाले ४-४-२ को फर्मेसनमा खेल्न थाल्यो ।

मेसी प्रशिक्षकको विश्वासमा यति खरो उत्रिए कि बार्सिलोनाले ला लागिमा मेसीले खेलेका कुनै खेल हारेन र च्याम्पियन पनि बन्यो । एक खेल पनि नहारी लिग जित्ने अवसर बार्सिलोनासँग थियो, तर मेसीलाई आराम दिइएको एक खेलमा नतिजा प्रतिकूल रह्यो ।

अर्जेन्टाइन प्रशिक्षक साम्पाओलीले पनि यसपटक अर्जेन्टाइन टीमलाई मेसीमै केन्द्रित गर्ने तयारी गरेका छन् । टीममा मेसी मात्र यस्ता खेलाडी हुन्, जसले एक्लै पनि टीमको सफलतामा निकै ठूलो भूमिका निभाउन सक्छन् । मेसीलाई छाड्ने हो भने टीम निकै औसत छ, तर मेसीसहितको अर्जेन्टिना उपाधिका प्रमुख ५ दाबेदारमध्ये एक हो ।

अन्डरडगहरूको समूहमा अर्जेन्टिना

रुस विश्वकपमा अर्जेन्टिना 'समूह डी'मा छ । यस समूहमा अर्जेन्टिनाका अलावा क्रोएसिया, आइसल्याण्ड र नाइजेरिया छन् । अर्जेन्टिनाको समूहमा रहेका यी तीन यस्ता टीम हुन्, जसले कुनै पनि खेलमा जुनसुकै टीमलाई हराउन सक्ने गरी 'अन्डरडग'को छवि बनाएका छन् । गएको युरोकपमा आइसल्याण्डले त्यस्तै छवि देखाएको थियो । नाइजेरियाले त अर्जेन्टिनालाई नै हराएको छ । क्रोएसियामा लुका मड्रिक, इभान र्‍याकिटिकजस्ता प्रतिभावान खेलाडी छन् ।

अर्जेन्टिनाले विश्वकपमा आफ्नो पहिलो खेल आगामी असार २ गते आइसल्याण्ड, ७ गते क्रोएसिया र १२ गते नाइजेरियासँग खेल्दैछ ।

यस्तो छ, २३ सदस्यीय अर्जेन्टाइन टोली :

Graphic source : Bleacher Report Football

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x