
बुटवल, ९ जेठ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोसजनक रुपमा अगडि बढेको बताएका छन् ।
बुधवार बिमानस्थल निमार्ण कार्यक्रमको अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै बिमानस्थलको निमार्ण कार्य सन्तोसजनक रुपमा अगाडि बढेको बताएका हुन् । उनले बिमानस्थलको निमार्ण कार्य सम्पन्न भइसकेपछि सञ्चालनको जिम्मा भने निजी क्षेत्रलाई दिने बताए । निजी क्षेत्रलाई दिएमा प्रतिशप्रर्धात्मक तरिकाबाट स्तरीय सेवा सुबिधा उपलब्ध हुने मन्त्री अधिकारीको दाबी छ ।
आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५–१५ दिनमा निर्माणाधिन विमानस्थलको अनुगमन गरिरहेको समेत जानकारी दिए । अनुगमन तिब्र पारिएको छ साथै अबदेखि बिमानस्थल निमार्ण परियोजनासँग मन्त्रालयले हरेक दिनको प्रगति रिर्पोट लिन सुरु गरेको बताए ।
अहिले हवाइ रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ, उनले भने । काठमाडौंको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहने भएकाले रनवे बनिसकेपछि पुरानो टमिर्नल बाटै काम सुरु हुने उनले बताए । काठमाण्डौ अन्तराष्ट्र्रिय बिमान स्थल बनाउनु पर्ने अवस्थामा छ त्यस कारण रनवे बन्ने लगतै गौतमबुद्ध बिमानस्थल संञ्चालनमा ल्याउछौ मनत्री अधिकारीले भने ।
विमानस्थल निर्माण कार्यलाई तीव्रता साथ अगाडि बढाउन आवश्यक उपकरण थपेर काम गर्न निर्देशन दिए । यस अघि चैत्र २४ गते पनि मन्त्री अधिकारीले बिमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । उनले बिमानस्थल निरीक्षण गर्दै सन २०१९ भित्रमा बिमानस्थल सुचारु हुने गरी काम गर्न निर्देशन दिएका थिए ।
मन्त्री अधिकारीसंगै रुपन्देही क्षेत्र नं. ३(१) का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय लगायतले निर्माणाधिन विमानस्थलको अनुगमन गरेका थिए । आयोजना प्रमुख ईन्जीनियर ओम शर्माले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको हाल सम्म ४० प्रतिशत भौतक प्रगती भएको बताए । उनले रन वेको सव वेसको काम सकिएर बेस लेयरको काम भईरहेको बताउदै बर्षातपछि रेन वेको पिचको काम शुरु हुने उल्लेख गरे । अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तीम तल्लाको ढलाई यसै हप्ता भित्र पुरा हुने छ भने कन्ट्रोल टावर र प्रशाशनिक भवनको काम आधा भन्दा बढी सकिएको छ ।
उनले आगामि पुस सम्ममा बिमानस्थलको स्वरुप आउने बताए । बिमानस्थलमा दैनिक २ सय जना मजदुरले काम गरिरहेका छन् । विमानस्थलको ७० प्रतिशत भौतिक संरचना मध्ये ४० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको र ३० प्रतिशत बाँकी रहेको उनले बताए । बाँकी ३० प्रतिशत बिद्युतिय र मेसिनरीको काम भौतिक संरचना पुरा हुँदा वित्तिकै काम शुरु हुने बताए । आयोजनाले सन् २०१९ साललाई अपरेशन वर्षको रुपमा लिएर काम जारी राखेको छ ।