१९ असार २०८३, शुक्रबार

मृत्यु भइसकेकाको नाममा पैसा भएको खुलेपछि जिसस नुवाकोटमा अख्तियारको छापा

जेठ ९, २०७५
मृत्यु भइसकेकाको नाममा पैसा भएको खुलेपछि जिसस नुवाकोटमा अख्तियारको छापा

नुवाकोट, ९ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति (जिसस) को कार्यालय नुवाकोटमा आज छापा मारेर सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात जफत गरेको छ । 

यहाँ वितरण भएका सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिको नाममा रकम निकासा भएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले छापा मारेको हो । 

अख्तियारको टोलीले जिससको कार्यालयमा पुगेर आव २०६८/०६९ देखि चालु आव २०७४÷०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान शुरु गरेको अख्तियारका शाखा अधिकृत कृष्णबहादुर दाहालले जानकारी दिए । 

“पहिलो चरणमा साविक कुमरी गाविसले पछिल्लो पाँच आर्थिक वर्षमा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको सक्कल कागजात नियन्त्रणमा लिएर छानबिन थालेका छौँ”–दाहालले भने , “अन्य स्थानको कागजात आवश्यकताको आधारमा नियन्त्रणमा लिँदै जाने योजना बनाएका छौँ ।” 

अख्तियारले आव २०६८/६९ देखि २०७३/७४ सम्मको फाइल जिससबाट र चालु आव २०७४/०७५ को फाइल बेलकोटगढी नगरपालिकाबाट मगाउन लगाएर नियन्त्रणमा लिएको जनाएको छ । कुमरीलगायतका केही स्थानमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता मृत्यु भइसकेका र हुँदै नभएका व्यक्तिलाई समेत कीर्ते कागज खडा गरी रकम निकासा भएको भन्दै सरोकारवालाले सूचना बाहिर ल्याएपछि अख्तियारले सक्रियता देखाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्