
काठमाडौं, १० जेठ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स क्वालिफायर–टूमा पुगेको छ । उता, फाइनलमा स्थान बनाउने खुड्किलोको रुपमा रहेको एमिनेटरमा राजस्थान रोयल्स चुकेको छ ।
कोलकातामा बुधबार बेलुका भएको खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्ससँग २५ रनले पराजित हुँदै राजस्थान बाहिरिएको हो । योसँगै कोलकाताले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नु पर्नेछ । कोलकाताले प्रस्तुत गरेको १७० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४४ रन मात्रै बनायो ।
त्यसअघि ब्याटिङ्ग गरेको कोलकाताले सात विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।