काठमाडौं, १० जेठ – साम्यवादका जनक कार्ल मार्क्सको प्रसिद्ध पुस्तक द क्यापिटलको पाण्डुलिपिको एक हस्तलिखित पृष्ठ पाँच लाख २३ हजार डलर अर्थात् लगभग ६ करोड रुपैयाँमा लिलाम बिक्री भएको छ ।
मिडिया रिपोर्टका अनुसार, यो पृष्ठ सेप्टेम्बर १८५० देखि अगस्ट १८५३ का बीच लन्डनमा मार्क्सका नोटबूकको एक भाग हो । बाह्र सय ५० पृष्ठ लामो टिप्पणीकै आधारमा मार्क्सले द क्यापिटल पुस्तक लेखेका हुन् । मार्क्सका आर्थिक विचारहरूको विकासको अध्ययनको दृष्टिमा यी टिप्पणीहरू महत्त्वपूर्ण छन् ।
पाण्डुलिपिको यो पृष्ठलाई चीनका व्यापारी फेङ लुनले लिलामीमा राखेका थिए ।
सोमवार यो लिलामीको आरम्भिक मूल्य तीन लाख युआन रािखएको थियो जसको अन्तिम बोली ३३.४ लाख युआन लाग्यो ।
यो लिलामीमा मार्क्सका समकालीन चिन्तक तथा उनीसँग कम्युनिस्ट घोषणापत्र लेख्ने फ्रेडरिक एंगेल्सको एक हस्तलिखित पाण्डुलिपि पनि १६.७ लाख युआनमा लिलामी भयो । यो पाण्डुलिपि नोभेम्बर १८६२ मा आलजेमेइने
मिलिटरजाइटुङमा प्रकाशित लेखको हो ।
यो वर्ष मार्क्सको २००औं जन्मजयन्ती परेको छ ।
एजेन्सी