०७ असार २०८३, आइतबार

दोहाका गल्ली गल्लीमा आजाद भिसा पीडित नेपाली

जेठ ११, २०७५
दोहाका गल्ली गल्लीमा आजाद भिसा पीडित नेपाली

 काठमाडौं, ११ जेठ  - ‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् । आजको कान्तिपुरमा  समाचार छापिएको छ ।

कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्