१४ असार २०८३, आइतबार

मत्स्यनारायण मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

मत्स्यनारायण मन्दिरमा भक्तजनको घुँइचो (फोटोफिचर)

काठमाडौं, ११ जेठ– काठमाडौँ कीर्तिपुर मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने मलमास मेला शुरु भएको छ । यो मेला जेठ ३० सम्म चल्नेछ । 

मलमासको अवधिमा विशेष गरी शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ ।

तर यस अवधिमा नारायणको दर्शन तथा पूजा गर्नाले पाप क्षय भई मुक्ति प्राप्त हुने जनविश्वास छ । 

वैदिक मान्यताअनुसार भगवान विष्णुले आफ्नो पहिलो अवतार ’मत्स्यावतार’ यहि ठाउँमा लिएका थिए ।

पौराणिक राजा सत्यव्रतले कुवा खनेको र विष्णुले त्यँही कुवामा मत्स्यावतार लिएको स्थानिय पुरोहितहरूको बताउँछन् ।

मन्दिर लिच्छविकालमा निर्माण भएको जनविश्वास छ ।

यहाँ अहिले नेपाल र भारतका विभिन्न स्थानहरूबाट मत्स्यनारायणको दर्शन गर्न आउने भक्तजनका घुँईचो देख्न पाइन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्