२२ असार २०८३, सोमबार

बालाजुबाट चक्रपथ जाँदा १ लाख २५ हजार गायब !

बालाजुबाट चक्रपथ जाँदा १ लाख २५ हजार गायब !

काठमाडौं,११ जेठ– काठमाडौं बालाजुबाट नम्बर नखुलेको बसमा चक्रपथ नारायण गोपाल चोकसम्म आँउदा बिहीबार मकवानपुर घर भई बालाजु पैयुटार बस्ने २५ बर्षीय  निर्मल विष्टको नगद १ लाख २५ हजार रुपैयाँ चोरी भएको छ ।

 यसैगरी किर्तिपुर नगरपालिका-३ ढाल्पा स्थित टिराराम चापागाईको घरमा बिहीबार कोही नभएको अवस्थामा मुल ढोकाको ताल्चा फोडेर नगद ४ हजार रुपैयाँ, सुन र चाँदीका बिभिन्न गहना समेत गरी करीव २ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्