२३ असार २०८३, मंगलबार

स्थगन भयो मलेसिया गन्तव्य

जेठ १२, २०७५
स्थगन भयो मलेसिया गन्तव्य

काठमाडौँ, १२ जेठ-  सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति मलेसियाले नसच्याएसम्म नयाँ श्रमिक नपठाउने भएको छ । मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न (पूर्वस्वीकृति) समेत रोक लगाइएको छ ।

सरकारले यो बाध्यकारी नीति त्यत्तिकै लिएको होइन । जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले शुल्क असुल्न थाल्यो, त्यतिखेरै श्रम मन्त्रालयले परराष्ट्रमार्फत असहमति जनाएको थियो । कमजोर सरकारको असहमतिलाई मलेसियाले पुनर्विचार गर्न वा सच्याउन आवश्यक ठानेन । उल्टो, श्रमिकलाई मार पर्ने हिसाबले नयाँ नयाँ संयन्त्र थप्दै गयो ।

तत्कालीन सरकारले कूटनीतिक रूपमा गरेका प्रयास असफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया कामदार नपठाउने नीति लिएका हुन्, कान्तिपुर दैनिकमा विस्तृत खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्