१० साउन २०८३, आइतबार

आईपीएल : कोलकातालाई हराउँदै हैदरावाद फाइनलमा

आईपीएल : कोलकातालाई हराउँदै हैदरावाद फाइनलमा

काठमाडौं, १२ जेठ– सनराइजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । योसँगै अब आइतबर  उपाधिका लागि हैदरावादले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार बेलुका भएको क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो । हैदरावाद पहिलो क्वालिफायरमा चेन्नईसँगै पराजित भएर दोस्रो क्वालिफायर खेलेको हो । 

कोलकातामा भएको खेलमा १७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाताले ९ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो । उसका लागि क्रिस लिनले ४८, शुभमन गिलले ३०, सुनिल नरिनले २६ तथा नितिश रानाले २२ रन बनाए पनि हार टार्न सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको हैदरावादले सात विकेटको क्षतिमा १७४ रन बनाएको थियो । उसका लागि ऋद्धिमन शाहले ३५, शिखर धवनले ३४ तथा रशिद खानले नटआउट ३४ रनको योगदान दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्