२७ जेठ २०८३, बुधबार

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा रक्तदान, प्रचण्डले गरे शुरुवात

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा रक्तदान, प्रचण्डले गरे शुरुवात

काठमाडौं, १२ जेठ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को अवसरमा सगरमाथा आरोही संघले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

सगरमाथा आरोही स्वर्गीय प्रकाश दाहाल र सम्पूर्ण दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे ।

बिहान ७ बजेदेखि शुरु भएको एकदिने रक्तदान कार्यक्रममा ११ बजेसम्म करीब एक सय जनाले रक्तदान गरिसकेका छन् । सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’ ले नेपाललाई संसारमा चिनाउने सगरमाथाको अझै प्रचार–प्रसारको आवश्यकता औँल्याए ।

संघकी अध्यक्ष माया शेर्पाले संघले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्