०७ असार २०८३, आइतबार

रुस चीन सम्बन्ध इतिहासकै राम्रो स्थितिमा छ- राष्ट्रपति पुटिन

जेठ १२, २०७५
रुस चीन सम्बन्ध इतिहासकै राम्रो स्थितिमा छ- राष्ट्रपति पुटिन

सेन्ट्स पिटस्बर्ग, १२ जेठ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन् ।

इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रूपमा लिइएको छ । 

उनले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन, भने । उनले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राखे ।

शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको एक अन्तरवार्तामा उहाँले सो धारणा राखेको समाचारमा जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कांग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राखे । यस कांग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त कांग्रेसले सिर्जना गरेको उनले बताए ।

उक्त अन्तरवार्ताका क्रममा उनले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए ।

उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताए ।

कोरियाको यस वार्ताले कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाका साथै यस क्षेत्र र विश्वमा नै शान्ति स्थापनामा ठूलो सहयोग पुग्ने राष्ट्रपति पुटिनले बताए ।

चीनसँगको व्यापारिक सम्बन्धबाट आपूm पछिल्लो समयमा निकै सन्तुष्ट रहेको उनले बताए । उनले व्यापारिक सम्बन्धले पनि रुस र चीनको सम्बन्धमा थप उचाइ बढाएको बताए ।

रुस र चीनको कूटनीतिक र व्यापारिक सम्बन्धमा कुनै पनि समस्या नरहेको धारणा राष्ट्रपति पुटिनले राखे । उनले पछिल्ला केही वर्षहरुमा व्यापारको मात्रामा पनि वृद्धि भएको बताए ।

हाल रुस र चीनबीचको व्यापार ८६ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्