०२ असार २०८३, मंगलबार

प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

जेठ १२, २०७५
प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तान, १२ जेठ -उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवान विरुद्ध लक्षित गरी चलाएको कारबाहीमा उक्त क्षेत्रमा विद्रोहीतर्फ प्रभाबशाली मानिने एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका सैन्य आयोगका प्रमुख मलावी गुलिस्तान र उपप्रमुख मलावी मन्सूरको घटनास्थलमा नै मृत्य भएको, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरुशले सिन्ह्वा न्यूज एजेन्सीलाई बताए । 

तालिवान विद्रोहीका प्रभावशाली नेताको मृत्युपछि पारयाब, जाजवान र सारीपुल प्रान्तहरूमा विद्रोहीको मनोबल निकै कमजोर बनेको प्रहरी प्रवक्ता युरुशले बताए  । 

फारयाब तथा सिरिन तगाक क्षेत्रमा सक्रिय तालिवान लडाकूहरूले आफ्ना गतिविधिलाई नियन्त्रण नगरेमा उनीहरूमाथि सशक्त कारबाही हुने चेतावनी सुरक्षाकर्मीले दिएको पनि प्रहरी प्रवक्ताले बताए । 

यसैबीच रक्ष मन्त्रालयका प्रवक्ता मोहम्मद रदमानेशले आफ्ना नेताको सुरक्षा कारबाहीमा मृत्यु भएपछि विद्रोही आक्रामक रूपमा प्रस्तुत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सिरिन क्षेत्रमा थप बल पठाइएको बताए  । 

salt training

कमेन्ट गर्नुहोस्