
काठमाडौं, १३ जेठ– नेपाली कांग्रेसका सभापति शेरेबहादुर देउवाले कसैले हट भन्दैमा आफू नेतृत्वबाट नहट्ने स्पस्ट परोका छन् ।
नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसको अवसारमा आयोजित कार्यक्रममा सभापति देउवाले आफूलाई कसैले ‘गेट आउट’ भन्दैमा नबाहिरिने बताएका हुन् ।
'चुनाव जितेर बनेको सभापति हुँ । कसैले गेट आउँट भन्दैमा म आउट हुन्न’ देउवाले भने ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डां शशांक कोइरालासमेत उपस्थित रहेको कार्यक्रममा सभापति देउवाले तीन वर्षमा पनि पार्टीको महाधिवेशन हुनसक्ने तर्फ संकेत गरे ।
देउवाको कार्यकाल अब दुई वर्ष बाँकी छ र सभापतिले थप एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजित भएपछि नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला समूहले महासमिति बैठक र शिघ्र महाधिवेशनको माग गर्दै आएका थिए । तर देउवाले तत्काल महाधिवेशन नबोलाउने संकेत गरेका छन् ।
देउवाले प्रजातन्त्रमाथि कुनै खतरा आए आन्दोलन गर्न तयार रहेको बताएका छन् ।