३१ जेठ २०८३, आइतबार

सगरमाथामा फसे १५ भारतीय, सुष्मा स्वराजलाई पुकारे

सगरमाथामा फसे १५ भारतीय, सुष्मा स्वराजलाई पुकारे

काठमाडौं, १३ जेठ – सगरमाथा आरोहणका क्रममा त्यहाँ फसेका १५ भारतीयहरूको एक समूहले भारतकी परराष्ट्रमन्त्री सुष्मा स्वराजसँग ट्विटरमा सहायता मागेका छन् । 

यी भारतीयहरू विगत तीन दिनदेखि सगरमाथामा फसेका छन् । मौसम खराब भएका कारण यिनीहरूको उडान रद्द भयो र काठमाडौं आउन पाएनन् । 

ट्वीट देखेपछि स्वराजले नेपालस्थित भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई यसमा काम गर्न भनेकी छन् । 

अमित ठडानी नामक एक सर्जनले शनिवार स्वराज र विदेश मन्त्रालयलाई ट्वीट गर्दै लेखे, ‘हामी लुक्लामा दुई दिनदेखि फसेका छौं । तपाईं हाम्रो सहायता गर्न सक्नुहुन्छ ? हामी १५ भारतीयहरू यहाँबाट सुरक्षित बाहिर निस्कने प्रतीक्षा
गरिरहेका छौं । स्थानीय दूतावासलाई सम्पर्क पनि ग–यौं तर अहिलेसम्म कुनै समाधान पाइएन ।’

सुष्माले भनेपछि भारतीय दूतावासले भारतीयहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको बतायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्