
काठमाडौं, १३ जेठ – स्पेसएक्सले मंगलवार क्यालिफोर्नियामा मम्वेडेनबर्ग वायुसेना अड्डाबाट फाल्कन ९ रकेटको प्रक्षेपणका बेलामा आगो लागेपछि नासाका फोटोग्राफर बिल एंगेल्सको क्यामरा नष्ट भएको छ । रकेट प्रक्षेपण चाहिँ कुनै पनि गडबडी वा बाधाविना नै सम्पन्न भयो ।
नासाको यो पग्लेको क्यामराको तस्वीर इन्टरनेटमा भाइरल भयो । रकेट प्रक्षेपणका बेलामा जुन ठाउँमा क्यामरा राखिएको थियो त्यसवरिपरिको घासमा आगो लागेर क्यामरालाई डढायो ।
यो क्यामरा आफैंले आगोले डढेको तस्वीर पनि रेकर्ड गर्न भने भ्यायो । पछि ती तस्वीरहरू मेमोरी कार्डबाट निकालियो । क्यामरा डढेपनि मेमोरी कार्डलाई कुनै हानि पुगेन ।
क्यामरा लन्चप्याडको एकदम नजिक थियो र फाल्कन ९ रकेटको शक्तिले यसलाई डढाएको धेरै मानिसको धारणा थियो ।
तर नासाले यो गलत दाबी भएको बताएको छ । एंगेल्सले विगत ३० वर्षदेखि नासाका लागि तस्वीर खिचिरहेको र आफ्नो क्यामरा कहाँ लगाउनुपर्छ राम्ररी थाहा भएको उसले बतायो ।
एजेन्सी