
विराटनगर, १३ वैशाख–साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती‘गोरे’ को बयान सकिएको छ ।
आजै थुनछेक बहस शुरु हुने जिल्ला अदालत मोरङले जनाएको छ ।
अदालतमा गोरेले ३७ पेज लामो बयान दिएका छन् ।
बहसको तयारी भइरहेको अवस्थामा सनम शाक्यकी श्रीमती इजलाशको प्रतिक्षामा छिन् । गोरेको तर्फबाट यामबहादुर मगरले बहर गर्नेछन् भने सरकारका तर्फबट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गर्ने छन् ।
गोरेलाई गत मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो भने बुधबारदेखि लगातार बयान चलेको थियो ।
माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएसँगै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन टोली गठन भएको थियो ।
समितिको प्रतिवेदनको आधारमा प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमा प्रहरी उच्च अधिकारीसहित २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् । गोरेले बयानका क्रममा के बोले भन्नेबारे बाहिर ल्याइएको छैन ।