०६ असार २०८३, शनिबार

गोरेको बयान– 'ठूला नेता र उच्च प्रहरी अधिकारी पक्राउ परेका दिन सुन तस्करीको पर्दाफास हुन्छ'

गोरेको बयान– 'ठूला नेता र उच्च प्रहरी अधिकारी पक्राउ परेका दिन सुन तस्करीको पर्दाफास हुन्छ'

विराटनगर १३ जेठ– सुन तस्करी र मोरङका सनम शाक्य हत्याको मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीमा राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीको संलग्नतामा सुन तस्करी हुने गरेको बताएका छन् । 

जिल्ला अदालत मोरङमा दिएको ३७ पेज लामो वयानका क्रममा गोरेले राजनीतिक दलका ठूला नेता र उच्च प्रहरी अधिकारी पक्राउ परेका दिन सुन तस्करीको पर्दाफास हुने बताएका हुन् । 

५९ नम्बरको प्रश्नको जवाफ दिने क्रममा गोरेले भनेका छन, ‘म भन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका नेता पक्राउ परेका बखत नै सुन तस्करीको असरी कुरा पर्दा फास हुन्छ’ उनले भनेका छन् । 

बयानका क्रममा गोरेले प्रहरीका एसएसपी श्याम खत्रीले त्रिभुवन विमानस्थलबाट सुन बाहिर ल्याउदा प्रतिकिलो सुनको ५० हजार रुपैया लिने गरेको बताएका छन् । 

यो पनि पढ्नुस 

EXCLUSIVE: यस्तो छ गोरले अदालतमा दिएको ३७ पेजको बयान [पूर्ण पाठसहित]

salt training

कमेन्ट गर्नुहोस्