
काठमाडौँ, १३ जेठ - चालु आर्थिक वर्षको पहिलो आठ महिनामा एक हजार ३४८ किमी सडक निर्माण भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्मा आज पेश गर्नुभएको आज २०७४÷२०७५ को सर्वेक्षणमा केन्द्रीय निकायबाट चालु आवको आठ महिनामा कूल सडकको लम्बाइ २९ हजार ६३९ किमी पुगेको उल्लेख छ । यसमध्ये कालोपत्र ४४.३, खण्डास्मित २३.५ र कच्ची सडक ३२.२ प्रतिशत पुगेको छ ।
हालसम्म कालोपत्र १३ हजार १४९, खण्डास्मित छ हजार ९५६ र कच्ची सडक नौ हजार ५३४ किमी बनेको छ । गत आवमा दुई हजार ४३१ किमी सडक निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।