३१ जेठ २०८३, आइतबार

प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेका थिए गोरे

जेठ १४, २०७५
प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेका थिए गोरे

 विराटनगर, १४ जेठ -३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ। उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो।
यसैबीच सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका   ‘गोरे’ सनम हत्यापछि भारत गएको खुलेको छ। 
बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको बताएका छन। गोरेले आफू, भोजे मामा, टुकबहादुर, दावा शेर्पा, सुरेन्द्र गौतम, लाक्पासहित इन्डिया जान जोगवनीतर्फ गएको र आफूसहित ५ जना साथीको प्राडो गाडी चढेर कलकत्ता पुगेको बयान दिएका छन्, नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्