०१ साउन २०८३, शुक्रबार

यो हो बेलायतको सबभन्दा ठूलो परिवार, २१औं सदस्यको हुँदैछ आगमन

यो हो बेलायतको सबभन्दा ठूलो परिवार, २१औं सदस्यको हुँदैछ आगमन

काठमाडौं, १६ जेठ – बेलायतको सबभन्दा ठूलो परिवारमा नयाँ सदस्यको आगमन हुँदैछ । बीस सदस्यीय यस परिवारमा २१औं सदस्यलाई स्वागत गर्ने तयारी गरिँदैछ । 

परिवारकी आमा स्यु रेडफोर्डले फेरि गर्भवती भएको घोषणा गरेकी छन् । 

यति ठूलो परिवार चलाउन सजिलो त छैन तर परिवारले बेकरी व्यवसाय चलाएर गुजारा गर्ने गरेको छ । बच्चाहरूले पनि बेकरीमा काम गर्ने गरेका छन् । 

यो परिवारसँग १० बेडरूम भएको घर छ । परिवारका बाउ नोल अनि आमा स्यु हुन् । 

उनीहरूले ११ वर्षअघि लगभग ३ करोड २० लाख रुपैयाँमा घर किनेका थिए । घरमा जताततै बच्चा मात्र देखिन्छन् । 

अनि उनीहरूसँग पाँचवटा कुकुर पनि छन् । 

स्युका अनुसार, उनीहरूको प्रत्येक हप्ताको सामानको बिल लगभग ४० हजार रुपैयाँ छ । बेकरी व्यवसाय राम्रोसँग चलेकाले खर्च उठाउन गाह्रो नभएको स्यु बताउँछन् । 

पतिपत्नीले परिवारको वार्षिक खर्च लगभग ४८ लाख रुपैयाँ रहेको बताएका छन् । प्रत्येक सन्तानलाई १०० पाउन्ड, क्रिसमस गिफ्ट र विदेश घुम्ने खर्च दिने गरिएको छ । 

परिवार धेरै ठूलो भएकाले बिहान नुहाउने समय ६ बजेबाट शुरु हुन्छ अनि अन्तिम सदस्यले नुहाइसक्दा १० बज्छ । 

यति धेरै सन्तान पाएकोमा स्यु र नोललाई इन्टरनेटमा फोहरी गाली दिने गरिएको छ । तर उनीहरू यसलाई मतलब नगरिकन बच्चा पाएको पायै गर्ने सुरमा छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्