१३ असार २०८३, शनिबार

यहाँ सुनको छुरीले काटिन्छ दाह्री

यहाँ सुनको छुरीले काटिन्छ दाह्री

काठमाडौं, १६ जेठ – भारतको पश्चिमी महाराष्ट्रको सांगली शहरको एक साँघुरो गल्लीमा पुरुषहरूको एक सैलुन छ । त्यसको नाम हो उस्तरा मेन्स स्टुडियो ।

शहरका अन्य सैलूनको तुलनामा यहाँ अलि बढी नै ग्राहकहरू भेटिन्छन् । 

यहाँ त मानिस दाह्री कटाउनका लागि वेटिङ लिस्टमा समेत नाम लेखाउँछन् । 

सैलूनका मालिक रामचन्द्र दत्तात्रेय काशिदले आफ्नो मातापिताको बिहेको ३३औं वार्षिकोत्सवमा सुनको छुरा ल्याएपछि सैलूनमा आकर्षण बढेको हो । 

अठार क्यारेटको साढे दश तोला सुनको यो छुरा पुणेका एक धातुकर्मीले २० दिनको मेहनतपछि तयार पारेका हुन् । 

यो बनाउनका लागि साढे तीन लाख खर्च भएको छ । 

मानिसहरू सुनको छुराले दाह्री कटाउन पाइने कुरा थाहा पाएपछि त्यहाँ आउन थाले अनि यसको प्रचार भयो ।

दाह्री कटाउने मात्र नभई उनीहरूका नातेदार र बालबच्चा पनि सुनको छुरा हेर्न आउने गरेका छन् । 

राम्रो शेभिङभन्दा पनि उच्च जीवनशैलीको अनुभव सुनको छुराले दिने गरेको छ । 

एक ग्राहक गौतम काम्बलेले सुनको छुराले दाह्री कटाउँदा आनन्दको अनुभूति भएको बताएका छन् । 

यहाँ मानिस दाह्री कटाएको ३२० रुपैयाँ तिर्छन् जबकि त्यसको सामान्य मूल्य ६४ रुपैयाँ हो । पाँच गुणा बढी तिरेर अनि प्रतीक्षा सूचीमा नाम राखेर भएपनि मानिसहरू यहाँ दाह्री कटाउन आउने गरेका छन् । 

मानिसहरूको यो उत्सुकता र भीड कति दिन टिक्छ भन्न गाह्रो छ । 

रामचन्द्र काशिदलाई सुनको छुराले कति फाइदा देला भन्ने त समयले नै बताउँछ तर अहिलेका लागि यो सफल प्रयोग हो । 

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्