×

NIC ASIA

जसलाई बजेटले छोएन : सर्वसाधारणको चिन्ता – महंगी बढ्ने भयो !

जेठ १६, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १६ जेठ –‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएको नेपाल कम्युनिष्ट पार्टीको सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष  २०७५/०७६ का लागि वार्षिक बजेट प्रस्तुत गरे । 

Muktinath Bank

बजेटको विषयलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक यातायात र चिया पसलहरूमा समेत चर्चा भइरहेको छ । चुनावी घोषणापत्रमा महत्त्वाकांक्षी योजना अगाडि सारेको वामपन्थी सरकारले ल्याएको बजेटप्रति सर्वसाधारण भने खासै उत्साही देखिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेटमा सुत्केरीको भत्ता दोब्बर गर्नेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने विषयहरू समेटिएका छन् । तर दैनिक श्रम गरेर जीविका चलाएका न्यून आर्थिक हैसियत भएका वर्गले भने आफूहरूलाई बजेटले छुन नसकेको गुनासो गरेका छन् । 


Advertisment
Nabil box
Kumari

काठमाडौंको रत्नपार्क नजिकै सडकछेउमा कागती बेच्न बसेकी देवी चौलागार्इं सरकारको बजेट सरकारमै हुनेलाई मात्र आएको प्रतिक्रिया दिइन् । बिहानदेखि साँझसम्म सडकमा कागती बेच्न ग्राहक कुरेर दैनिकी चलाउँदै आएकी चौलागार्इंले सरकारको बजेट भाषण हेर्न र सुन्न पाइनन् । बजेट आयो रे भन्ने मात्रै थाहा पाएकी उनलाई हरेक वर्ष आउने बजेटपछि महंगी बढ्ने चिन्ता मात्रै छ ।

Vianet communication

‘बजेट त आयो, हुनेखाने, सरकारमै रहेकाहरूलाई आयो । हामीलाई केही आउने होइन, हामीलाई त फेरि महंगी बढ्ने होला,’ उनले लोकान्तरसँग भनिन्, ‘बजेटले हामीलाई के नै दियो र ?’

उनले सरकारसँग नै डराउँदै सडकमा व्यापार गर्नुपर्ने आफ्नो बाध्यता रहेकोे सुनाइन् । ‘नगरपालिका आयो भने सबै उठाएर लैजान्छ, भाग्दै व्यापार गर्नुपर्छ, काम नगरी पनि भाछैन, यही व्यापार गरेर बिहान बेलुकाको छाक टरेको छ, बालबच्चाले पढ्न पाएका छन्,’ उनले पीडा पोखिन्, ‘आफूसँग पूँजी भए त राम्रोसँग शटर किनेर व्यपार गरेर बस्न हुन्थ्यो नि ! महिनाको ५,७ हजार कोठा भाडा तिर्न मुश्किल छ, कहाँबाट सक्नु ठूलो व्यापार गर्न ? कसलाई रहर हुन्थ्यो होला सडकमा भागी भागी व्यापार गर्न ?’

काठमाडौंकै सडकमा जुत्ताचप्पल सिलाउँदै आएका भक्तपुरका शम्भु नेपालीलाई पनि बजेटले खासै छोएन । बाईस वर्षदेखि सडकमै जुत्ता पालिस गरेर टल्काउने काम गरेका उनको जीवनमा गणतन्त्र आएपछि पनि खासै परिवर्तन आएको छैन । दिनभर कमाएको पैसा दैनिक जीविका चलाउँदै ठिक्क हुँदा नेपालीले भूकम्पले भत्किएको घर समेत उठाउन सकेका छैनन् ।

उनले हरेक वर्ष आउने बजेटले आफूलाई केही फाइदा नहुने बताए । ‘हिजो दिउँसो बजेट आयो भन्ने त सुनें, तर बजेटले हामीलाई केही दिएन,’ नेपालीले लोकान्तरसँग गुनासो गरे । 

‘बजेट आउने भनेको ठेकेदार र सरकारकै मान्छेलाई हो, कुनै कामको बजेट २५ प्रतिशत पनि त्यही ठाउँमा खर्च हुदैन,’ उनले चप्पल सिलाउँदै भने, ‘हामीलाई केही फाइदा हुँदैन ।’

बजेटमा उल्लेख भएका विकास र कार्यक्रम खर्चको विषयमा जानकारी नभएपनि महंगी बढ्ने चिन्ता भने उनलाई छ । 

उनले भने, ‘हामी जस्तो गरीब दुःखीलाई बजेट आउनु भनेको त नूनतेलको भाउ बढ्ने मात्रै हो, अरू केही हुँदैन ।’

भृकुटीमण्डपमा फलफूलको व्यापार गरेर बस्दै आएकी विमला न्यौपानेले पनि बजेट भाषण सुनिन् । तर सरकारको बजेटमा उनलाई पनि त्यति चासो छैन । ‘अर्थमन्त्रीले छिटोछिटो बजेट भाषण गरे भन्ने सुनें,’ न्यौपानेले भनिन्, ‘बजेटले महंगी, र घरभाडा मात्रै बढ्ने हो ।’

आठ प्रतिशत आर्थिक वृद्धिको अपेक्षासहित अर्थमन्त्री खतिवडाले मंगलवार संसदमा १३ खर्ब १५ अर्ब बराबरको बजेट सार्वजनिक गरेका थिए । पाँच वर्षमा ५ लाख रोजगारी सृजना गर्ने, कृषिको परनिर्भरता हटाउने लगायतका कार्यक्रम बजेटमा समेटिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x