०३ असार २०८३, बुधबार

उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्नेमा सीआईएको आशंका

उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्नेमा सीआईएको आशंका

काठमाडौं, १६ जेठ – उत्तर कोरियाले आफ्ना आणविक हतियारहरू तत्कालै नत्याग्ने तर प्योङयाङमा पश्चिमी ह्याम्बर्गरको पसल खोल्न दिन सक्ने अमेरिकी जासूसी संस्था सीआईएले मूल्यांकन गरेको छ ।

तर किम जोङ–उनको समर्थन पाउने सम्भावना रहेको पश्चिमी ब्रान्डको नाम भने सीआईएले खुलाएन । उनले विशेष गरी विकास निर्माणमा अमेरिकी लगानीलाई भने समावेश गर्न सक्छन् । 

ह्याम्बर्गर फ्र्यान्चाइजीको अनुमति दिन सजिलो पनि छ । एनबीसी टेलिभिजनको रिपोर्टमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा ‘वार्ताको टेबलमा ह्याम्बर्गर खाँदै’ उत्तर कोरियाली नेतासँग शान्तिवार्ता गर्न मन लागेको बताएका थिए । अनि ट्रम्प बर्गर असाध्यै मन पराउँछन् र एकैचोटिमा दुईवटा बर्गर खाइदिन्छन् । 

अमेरिकी परराष्ट्र मन्त्रालय र जासूसी संस्थाहरूले प्रमुख कूटनीतिक सम्झौताअघि यस्ता मूल्यांकनहरू प्रकाशित गर्ने गरेका छन् । अर्को पक्षले के विकल्प पेश गर्छ भनी थाहा पाउन यसो गर्ने गरिन्छ । 

किमले उत्तरको आणविक हतियार कार्यक्रम त्याग्ने छैनन् भन्ने मूल्यांकन उत्तर कोरियाविज्ञहरूको मूल्यांकनअनुरूप नै छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले उत्तर कोरियाको आणविक हतियार कार्यक्रमलाई अन्त्य गर्न १५ वर्ष लाग्ने बताएको छ । ‘हामीहरू यहाँ दर्जनौं परीक्षणस्थल, सयौं भवन र हजारौं मानिसको कुरा गर्दैछौं,’ प्रमुख लेखक
सीग्फ्रीड एस हेकरले भने ।

उत्तर कोरियाले आणविक हतियार बाहेक अन्य वस्तुमा आफ्नो सुरक्षा टिकेको अनुभव गरेरै निःशस्त्रीकरणमा सहमति जनाएको छ यद्यपि ट्रम्प र किमबीच निःशस्त्रीकरणको बुझाइमा भिन्नता छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्