२७ असार २०८३, शनिबार

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जुको ट्रेलर सार्वजनिक (भिडियो)

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जुको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, १६ जेठ – यस वर्षको बहुप्रतीक्षित फिल्म सञ्जुको ट्रेलर बुधवार सार्वजनिक भएको छ । रणवीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन् ।

रणवीरलाई सञ्जय दत्तको जीवनका विभिन्न चरणमा देखाइएको टीजर हिट भएपछि अहिले फिल्मको आधिकारिक ट्रेलर पनि रिलिज गरिएको छ । 

ट्रेलरमा दत्तको जीवनको सुन्दर र असुन्दर पक्षहरू देखाइएको छ अनि रणवीर कपूरले सञ्जयका विभिन्न लूकहरू ट्रेलरमा देखाएका छन् । 

दत्तको लागूऔषध, सेक्स र फिल्म मोहलाई फिल्ममा निर्देशक राजकुमार हिरानीले मज्जासँग पस्केको देखिन्छ । फिल्मका अन्य कलाकारको हिन्ट पनि ट्रेलरमा भेटिन्छ । 

ट्रेलर हेर्दा भावना, हास्य र सत्यको भरपूर मात्रा फिल्ममा छ जस्तो देखिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्