
काठमाडौं १६ जेठ– सरकारले संसदमा नयाँ बजेट पेश गरेको भोलिपल्ट शेयर बजारमा गिरावट आएको छ । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ दशमलव ९४ को गिरावट आएको हो ।
फाइनान्स, इन्जुरेन्स र लगुवित्त बाहेकका सूचक घटदा नेप्से ओरालो लागेको हो ।
८ प्रतिशत आर्थिक बृद्धिको अपेक्षा सहित अर्थमन्त्री डा युवराज खतिवडाले मंगलवार संसदमा बजेट पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकाले संसदमा पेश गरेको बजेट हावादारी भएको आरोप लगाएको छ ।