१९ असार २०८३, शुक्रबार

होटलमा भीषण आगलागी

जेठ १६, २०७५
होटलमा भीषण आगलागी

रसुवा, १६ जेठ - आगलागीका कारण सीमा क्षेत्र टिमुरेको बीच भागमा अवस्थित एउटा होटल आगलागी हुँदा करोडौँको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार आज मध्याह्न टिमुरे गाउँ निवासी छिरिङ सिङ्देल तामाङको होटल आगलागी हुँदा नगद, सुन, चाँदी, मुगालगायत एक करोडभन्दा बढी धनमाल क्षति भएको हो । समयमै सावधानी अपनाएका कारण त्यस क्षेत्रको सयौँ घर जल्नबाट जोगिएका छन् । 

रसुवागढी हाइड्रोपावरले ट्यांकरबाट पानी उपलब्ध गराएपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्