३१ जेठ २०८३, आइतबार

उपेन्द्रको फोरमले माग्यो सभामुख पद

जेठ १७, २०७५
उपेन्द्रको फोरमले माग्यो सभामुख पद

काठमाडौं, १७ जेठ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरी सरकारमा सहभागी हुने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको सभामुख पनि माग गरेको आजको राजधानी दैनिकमा खबर छापिएको छ । 
सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्न बुधबार बसेको संसदीय दल बैठकमा सरकारमा सहभागि हुँदा सभामुख वा उपसभामुखमध्ये एउटा पार्टीले पाउनु पर्ने माग उठेपछि फोरमले नेकपासँग सभामुख दिनुपर्ने विषयमा संवाद गर्ने भएको छ । 
बैठकले मन्त्री छनोट गर्न नसकेपछि अध्यक्ष उपेन्द्र यादवलाई त्यसको जिम्मा लगाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्