१२ असार २०८३, शुक्रबार

धुर्मुस-सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप

जेठ १७, २०७५
धुर्मुस-सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप

काठमाडौं, १७ जेठ - नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रममा सहभागी धुर्मुस-सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । 

आजको नेपाल समाचारपत्रले लेखेको छ- फाउन्डेसनमाथि अस्पताल सफाइको नाममा लाखौं रकम असुल गरेको आरोप लागेको छ । 


शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ ।

तर  कलाकार सीताराम कट्टेल धुर्मुसले भने सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको बताएका छन् । 

प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनको दाबी छ  ।

salt training

कमेन्ट गर्नुहोस्