०३ असार २०८३, बुधबार

एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

जेठ १७, २०७५
एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

तनहुँ, १७ जेठ - तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । 

ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । 

अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो प्रनाउ मल्लले भने  । 

एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मस्र्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्