
काठमाडौं, १७ जेठ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३३ क्विन्टल सुन तस्करीका ठूला माछाबारे प्रश्न गरेका छन् ।
संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले सुन तस्करीमा ‘ठूला माछा र साना माछा’ भनेर जिम्मेवार व्यक्तिको अभिव्यक्तिले आशंका जन्माएको बताए ।
उनले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइनन्’ भनेर कटाक्ष समेत गरे । उनले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बैठकमा बताए ।