२१ जेठ २०८३, बिहीबार

सदनमा सत्तारुढ दलकै सांसदको आक्रोश– ‘त्यो गनाएको बजेट मलाई किन चाहियो ?’

सदनमा सत्तारुढ दलकै सांसदको आक्रोश– ‘त्यो गनाएको बजेट मलाई किन चाहियो ?’

काठमाडौं, १७ जेठ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले सांसद विकास कोषमार्फत् छुट्टाइएको ४ करोड रुपैयाँ फिर्ता लिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सांसद विकास कोषलाई ‘गन्हाएको बजेट’ भन्दै उनले त्यो आफूलाई नचाहिएको टिप्पणी गरे ।

प्रतिनिधिसभामा बिहीवार बजेटमाथिको छलफलका क्रममा नेकपामा सांसद गजेन्द्र बहादुर महतले सांसद विकास कोषको रकमले सांसदहरूलाई वडाध्यक्ष जस्तो बनाएको भन्दै विरोध जनाएका हुन् । 

‘मेरो र जुम्लाका लागि यो बजेट हर्ष न विस्मत् भएको छ । कोही मन्त्री भए भन्दैमा हामीलाई बाँधेर राख्न, तह लगाउन अपमान गर्न पाइन्छ ? हामीलाई वडाध्यक्षको तहमा राख्न पाइन्छ ?’ महतले आक्रोशपूर्ण शैलीमा भने, ‘चाहिएको छैन, हामीलाई त्यो ४ करोड । नेताको ठाउँमा जाने जति भए पुग्छ । त्यो गनाएको बजेट मलाई किन चाहिन्छ ?’ 

बजेटमा जुम्लालाई हदैसम्मको उपेक्षा गरिएको भन्दै उनले प्रश्न गरे, ‘रातो किताब लेख्दा कहाँ थिइस् भनेमा मैले के जवाफ दिने ?’

हामीलाई बलिको बोको बनाइयो

सांसद महतले सोझासाझा सांसदहरूलाई बलिको बोको बनाइएको गुनासो गरे । दिनभर संसद बैठकमा बस्ने सांसदलाई अनुपस्थित भनेर घानमा हालिएको गुनासो गरे । 

‘मिडियाले पालेका र उचालेका सांसद यहाँ हुँदैनन्, तर हामी सोझासाझा मानिसहरू दिनभर यहाँ हुन्छौं,’ उनले गुनासो गरे, ‘सभामुख महोदय ध्यानाकर्षण होस्, जो एनजीओको कार्यक्रममा गए उनीहरूको नाम किटेर भन्नुप¥यो । सोझासझा सांसदलाई बलिको बोको बनाउने यहाँ ?’

salt training

कमेन्ट गर्नुहोस्