२७ जेठ २०८३, बुधबार

जेल जाँदै गर्दा एसएसपी खत्रीको जवाफ : ‘नो कमेन्ट’

जेल जाँदै गर्दा एसएसपी खत्रीको जवाफ : ‘नो कमेन्ट’

विराटनगर, १७ जेठ– ३८ क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका निलम्बित प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री बिहीवार पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

मोरङ जिल्ला अदालतले बिहीवार खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

आपाधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अबैध कारोवार, अपहरण तथा शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा खत्रीलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै न्यायधीश नारायण प्रशाद शर्माको इजलाशले थुनामा राख्न आदेश दिएको हो । 

अदालतले संगठित अपराध ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अ.बं.११८ को (२) का आधारमा पुर्पक्षका लागि मोरङ कारागार पठाएको हो । 

अदालतको आदेश पछि कारागार चलान गरिँदा खत्री सुरक्षाकर्मीको घेरामा थिए । 

अदालत परिसरमा उपस्थित भएका पत्रकारले ‘तपाईंले गर्दा प्रहरी संगठनको बदनामी भएको छ नि, के भन्नुहुन्छ ?’ भनेर प्रश्न सोधे । 

मुखमा कालो माक्स लगाएका खत्रीले जवाफ दिए, ‘नो कमेन्ट ।’ 

खत्री बिहीवार विहान मात्रै अदालतमा उपस्थित भएका थिए । बिहीवार विहानदेखि उनको बयान शुरु भएको थियो भने अपराह्नपछि थुनछेक बहस शुरु भएपछि अदालतले उनलाई थुनामा राख्न आदेश जारी गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्