०२ असार २०८३, मंगलबार

प्रदेश प्रमुखले शुक्रबार सम्बोधन गर्ने

जेठ १७, २०७५
प्रदेश प्रमुखले शुक्रबार सम्बोधन गर्ने

हेटौँडा, १७ जेठ - प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । 

नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले आज पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्