१२ असार २०८३, शुक्रबार

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

जेठ १७, २०७५
प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

विराटनगर, १७ जेठ- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं १ को संसदीय दलको नेतामा मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शेरधन राई सर्वसम्मत रुपमा चयन हुनुभएको छ । 

यसअघि मुख्यमन्त्री राई तत्कालिन नेकपा (एमाले) संसदीय दलको नेता हुनुहुन्थ्यो । पार्टी एकतापछि आज पहिलो पटक बसेको प्रदेश नं १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरिएको हो । 

त्यस्तै प्रदेश नं १ का संसदीय दलको उपनेतामा टंक आम्बुहाङ चयन हुनुभएको छ । आम्बुहाङ तत्कालिन नेकपा (माओवादी केन्द्र) का संसदीय दलको नेता हुनुहुन्थ्यो । 

संसदीय दलको नेता र उपनेता चयनका लागि इन्द्रबहादुर आङ्बोेको प्रस्तावमा सर्वसम्मत निर्णय भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्