२८ जेठ २०८३, बिहीबार

नेकपा : जिल्लागत एकता कार्यदलको प्रतिवेदन बन्दै

नेकपा : जिल्लागत एकता कार्यदलको प्रतिवेदन बन्दै

काठमाडौँ, १७ जेठ-नेकपाको यही जेठ ७ बसेको केन्द्रीय सचिवालयको प्रथम बैठकले पार्टीको अन्तरिम विधानका आधारमा नियमावली मस्यौदा गर्न महासचिव विष्णु  पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्राप्त गरेको १५ दिनको समयावधिभित्रै प्रतिवेदन दिने तयारी गरेको छ । 

कार्यदलका सदस्य बेदुराम भुसालले आफूहरुबीच नियमावलीबारे छलफल भइसकेको र अब चाँडै सचिवालयमा पेश हुने जानकारी दिए  । सोही सचिवालय बैठकले मातहतका पार्टी कमिटी तथा जनवर्गीय संगठनको एकता÷एकीकरण प्रदेशगत, प्रभाव र जनसंगठनका तत्कालीन इञ्चार्ज तथा प्रमुख एवं सम्बन्धित जनसंगठनका अध्यक्षहरु रहेको कार्यदल गठन गरेको छ । 

एकताको तीन महिनाभित्र सबै कमिटीलाई एकीकृत गर्ने पार्टीको लक्ष्य छ । 

salt training

कमेन्ट गर्नुहोस्