३१ असार २०८३, बुधबार

जिल्ला अधिवेशन सम्पन्न भएपछि राप्रपाको पहिलो बैठक, यस्तो छ निर्णय

कात्तिक २०, २०७४
जिल्ला अधिवेशन सम्पन्न भएपछि राप्रपाको पहिलो बैठक, यस्तो छ निर्णय

काठमाडौँ, २७ माघ - राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।rpp

पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलोपटक आज बसेको बैठकले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने निर्णय गरिएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिए ।

अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले पार्टी अध्यक्ष कमल थापालाई पार्टीको आगामी एकता महाधिवेशनमा अध्यक्ष पदमा अत्याधिक बहुमतले विजय गराउने सर्वसम्मत संकल्प प्रस्ताव पारित गरेको सह–प्रवक्ता गिरीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्